+977-9862606960 scssdandakharka2045@gmail.com
About Image

हाम्रो बारेमा

चौतारा माध्यामिक विद्यालय डाँडाखर्क विद्यालय २०४५ सालमा स्थापना भएको विद्यालय हो । साविक मुलखर्क गाविसको वडा नं. २ मा रहेको यस विद्यालयको नाम डाँडाखर्क भन्ने स्थानमा सर्बसाधारण नागरिकले थकान मेटाउने प्रयोजनका लागि निर्माण गरेको चौताराहरुको नामबाट नामकरण भएको देखिन्छ । हाल विद्यालय भवन रहेका क्षेत्रमा कटारीबाट नुनको भारी बोकेर आएका बटुवाहरुले भारी विसाउन प्रचुर प्रयोग गरेको पाइन्छ । शुरुमा यस विद्यालयको स्थापना गर्न संस्थापक अध्यक्ष दिलबहादुर खत्रीले २ रोपानी जग्गा दानपत्र गरेर निर्माणको थालनी गरेका हुन । स्थापनाका क्रममा डाँडाखर्क कि र ऐसेलुखर्क कि भन्ने स्थानमा विद्यालय सञ्चालन गर्ने भन्ने विवाद भएको थियो । चौतारा प्राथामिक विद्यायका नाममा ऐसेलुखर्कमा सञ्चालन भएको विद्यालयको आफैले एउटै वडामा एउटै नामको दुईवटा विद्यालय सञ्चालन गरेकोले उक्त विद्यालयले नाम परिर्वतन गर्न निर्णय गरे पश्चात विद्यालयको विकास दु्रत गतिमा अगाडी बढेको हो । यो विद्यालयको स्थापना काल देखि निरन्तर सर्घषका वीचमा कक्षा ५ सञ्चालन भएको २०५२ सालमा संस्थापक अध्यक्ष दिलबहादुर खत्रीको पहलमा कक्षा ६ शुरु हुदै कक्षा ८ सञ्चालन भएको हो । विद्यालय अपग्रेड गर्ने अग्रणी भुमिका निर्वाह गर्ने खत्री कै पहलमा २०६५ सालमा कक्षा नौ शुरु भएर २०६६ सालमा कक्षा १० सञ्चालन भएको हो । शैक्षिक गुणस्तरका दृष्टीले अग्रणी भुमिका निर्वाह गरि रहेको यस विद्यालय २०७८ सालबाट कक्षा ११ र प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट स्विकृत÷संवन्धन लिइ डिप्लोमा इन कम्प्युटर इन्जिनियारिङ्ग विषयको अध्यायपन भई रहेको छ । माध्यामिक तह कक्षा ११ र १२ मा विज्ञान र शिक्षा संकाय सञ्चालित छ । विद्यालयको स्थापनामा अग्रणी भुमिका निर्वाह गरेका स्थानियहरुको पहलकदमीमा विद्यालयको आफ्नै नाममा सुनकोशी गाउपालिका वडा नं. ५ मा ३३ रोपानी भन्दा बढि जग्गा रहेको छ । विद्यालयको ३ वटा भुकम्प प्रतिरोधी १३ कोठे सुविधा सम्पन्न भवन २ वटा पुराना भवन तथा छात्रा + छात्रका लागि छुट्टाछुटै शौचालय र स्वच्छ पिउनेपानी रहेको छ । विद्यालयमा सुविधा सम्पन्न पुस्तकालय, कम्प्युटर र विज्ञान ल्याव रहेको छ । विद्यालयमा प्रविधि मैत्री पठनपाठनका लागि इन्टरनेट सुविधा रहेको छ ।

"गुणस्तरीय शिक्षा हाम्रो साझा प्रतिबद्धता"

हाम्रा विषेशताहरु

  1. शिक्षकहरुको प्रत्यक्ष निगरानीमा बाल कक्षा देखि कक्षा १२ सम्म गुणस्तरिय अंग्रेजी माध्यममा पठनपाठनको व्यवस्था भएको ।
  2. विद्यालयका सबै कक्षा कोठाहरुमा नियमित कक्षा कार्य, गृहकार्य गर्ने गराउने र नगर्ने विद्यार्थीहरुको पहिचान गरी अभिभावकलाई सुचित गर्ने तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने ।
  3. विद्यालयमा पढ्ने विद्यार्थीहरुका लागि पढ्दै कमाउदै कार्यक्रम अन्र्तगत राष्ट्रिय युवा परिषदका तर्फबाट एक शिक्षण संस्था एक उद्यम कार्यक्रममा सहभागी हुने अवसर ।
  4. विद्यालयका वरापराका छरछिमेकीहरुसंगको नियमित समन्वयमा इको क्लव गठन गरी सरसफाई, नियमित खानेपानी व्यवस्थापन, शौचालय र बाहिरी वतावरणमा सरसफाई चुस्तदुरुस्त रहेको ।
  5. सुविधा सम्पन्न कम्प्युटर र विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था भएको ।
  6. आभिभावक तथा विद्यार्थी शिक्षककाहरुका गुनासाको सुनुवाई विद्यालयमा नियमित अभिभावक, विद्यार्थी र शिक्षक वीच अन्र्तक्रिया, छलफल सुझाव संकलन व्यवस्थापन, कामको बाडफाँड र कार्यन्वयनलाई निरन्तरता दिने कार्य नियमित रुपमा हुने ।
  7. छुट्टै विषेश विद्यार्थी मैत्री खेलमैदानको स्वच्छ खानेपानी र शौचालयको व्यवस्था भएको ।
  8. कक्षाकोठामा शिक्षकको भूमिका सहयोगी र बिद्यार्थीको प्रमुख हुने व्यवस्था मिलाइएको, प्रयोगात्मक शिक्षण क्रियामा जोड दिइएको ।
  9. विद्यार्थीको लागि आवश्यक निशुल्क थप कक्षा सञ्चालन गरी सबै विद्यार्थीको समानान्तर शिकाई क्षमता विकासमा जोड दिने ।
  10. विद्यालयमा प्रविधि मैत्री पठनपाठनमा जोड दिदै इन्टरनेट सुविधा भएको ।

प्रतिष्ठित शिक्षकहरू

कुशल शिक्षकहरू छन्। उनीहरूले छात्र-छात्राहरूको शिक्षा गर्दै रोमाञ्च प्रदान गर्छन्।

अन्तर्राष्ट्रिय प्रमाणपत्र

हाम्रा शिक्षकहरूले अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेका छन्। उनीहरूले छात्र-छात्राहरूमा विश्वास सिर्जना गर्दछन्।

अनलाइन क्लासहरू

हाम्रा शिक्षकहरूले अनलाइन क्लासहरू प्रदान गर्दछन्। छात्र-छात्राहरूले घर बाटै शिक्षा गर्न सक्छन्।

Chautara Sec. School Logo Chautara Sec. School

२०४५ सालमा स्थापना भएको चौतारा माध्यामिक विद्यालय क्रमशः अपग्रेड हुदै अहिले कक्षा १२ र डिप्लोमा इन कम्प्युटर इन्जिनियरङ्ग कक्षा सञ्चालन हुदै आएको छ । पछिल्लो समयमा गुणस्तरीय, दक्ष, योग्य र भरपर्दाे शिक्षकहरुद्धारा पठनपाठन गरिरहेको छ । दक्ष र प्राविधिक मानव श्रोतको उत्पादन र परिचालन गर्ने लक्ष रहेको छ ।

Newsletter

Get In Touch

Shree Chautara Mavi Secondary School Dandakharka, Sunkoshi - 05, Okhaldhunga, Nepal

+977-9862606960

scssdandakharka2045@gmail.com

Copyright © www.chautaramavi.com. All Rights Reserved.

Designed by Er. Santosh Thakur